नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट संसदीय दलको कामकारवाही सुरु गरेको छ : बेदुराम भुसाल
By Radio Candid
नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट संसदीय दलको कामकारवाही सुरु गरेको छ । संसद सचिवालयले दलको कार्यालय उपलव्ध गराए लगतै नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट दलको कामकारवाही सुरु गरेको हो । निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि दलको कार्यालय लगाएतका सेवा सुविधा उपलव्ध गराएको सचिवालयले जनाएको छ । नेकपा एकीकृत समाजवादी पाटीले यसअघि नै संसदीय दलका नेतामा माधवकुमार नेपाल र राष्ट्रिय सभा दलको कार्यालयमा बेदुराम भुसाललाई चयन गरिसकेको छ ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message