चावहिल—जोरपाटी साँखु सडक विस्तार
By Radio Candid
काठमाडौँको चाबहिल–जोरपाटी हुँदै साँखुसम्मको सडक विस्तार कार्य थालनी भएको ६ वर्ष पुग्नै लाग्दा पनि निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ साल असोजमा ठेक्का सम्झौता शुरु गरेको सो सडक खण्ड दुई वर्षभित्र सम्पन्न गर्नु पर्ने थियो । तर, सडक विस्तार कार्यले गति लिन नसक्दा अलपत्र परेको छ ।