बाढी पहिरोका कारण बर्षेनी क्षति सरोकारको फितलो पहल : रिपोर्ट
By Radio Candid
नेपालमा मनसुन सुरु भएसंगै बर्षेनी बाढी पहिरो तथा विपदजन्य घटनाहरुबाट ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ । सवारी दुर्घटनाबाहेक प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपबाट विं. सं. २०२८ देखि २०७२ सम्मको तथ्यांकलाई हेर्ने हो भने वार्षिक औसत ९ सय जनाले ज्यान गुमाउने गरेका छन् । नेपाल सरकारको तथ्यांकअनुसार वर्षेनी औसत १ हजार ८ सय बढी मानस घाइते र ३० हजार बढी घरपरिवार प्रभावित हुने गरेका छन् । विपद्जन्य घटनाबाट बर्षेनी क्षति व्यर्होनु परिरहेको अवस्थामा क्षतिलाई न्यूनीकरण तथा व्यवस्थापन गर्न नेपाल सरकारले विभिन्न नीतिगत, कानुनी र संस्थागत व्यवस्था गरेपनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको देखिँदैन ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message